Kathmandu Press

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर ४ : एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन्।     काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नेपाल...
एमाले एक्लै निर्वाचनमा लड्न सक्षम छ : अध्यक्ष ओली

काठमाडौं, मंसिर ४ : एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन्।     

काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन्। 

‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौं। आफैं जित्छौं,’ उनले भने। अध्यक्ष ओलीले नेकपालाई देख्न नसक्नेहरुले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए।

‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौं भनेका छन्,’ उनले भने, ‘तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौं। अरु दल कांग्रेसको औंला नसमाती हिँड्न सक्दैनन्।’

सोही अवसरमा अध्यक्ष ओलीले नेपाल संवतको क्यालेन्रडसमेत सार्वजनिक गरे। 

काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्‍याइरहेको बताए। उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिए।  

महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताए। 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्