Kathmandu Press

मलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि कुनै असर पर्दैन : प्रचण्ड 

रौतहट, मंसिर ४ ः एमालेले आफूलाई सिध्याउन पार्टीको १०औं महाधिवेशन चितवनमा गर्न लागे पनि त्यसको केही असर नपर्ने बताएका छन्।आज कटहरियामा आयोजित आमसभामामा...
मलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि कुनै असर पर्दैन : प्रचण्ड 

रौतहट, मंसिर ४ : एमालेले आफूलाई सिध्याउन पार्टीको १०औं महाधिवेशन चितवनमा गर्न लागे पनि त्यसको केही असर नपर्ने बताएका छन्।

आज कटहरियामा आयोजित आमसभामामा एमालेलाई इंगित गर्दै उनले भने, ‘उनीहरु मलाई सिध्याउन गएका हुन् तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन।’

अध्यक्ष प्रचण्डले एमालेले जतिसुकै अहंकार गरे पनि आगामी चुनावमा माओवादी केन्द्र मधेसमा पहिलो पार्टी भएर उदाउने दाबी गरे।

एमाले अध्यक्ष केपी ओलीकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि उनले लगाए। 

 ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी, महिला, बालबालिका, उत्पीडित समुदाय, आदिवासी जनजातिलगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको थिए,’ उनले भने, ‘तर संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्ष विरोध, मधेसी जनता विरोधी केपी ओलीले रोके।’

उनले ओली मधेसी जनताका लागि खलनायक रहेको आरोप पनि लगाए।

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्