Kathmandu Press

सरकारका सकारात्मक कामको प्रचार गरिदिन अर्थमन्त्री शर्माकाे आग्रह

काठमाडौं, मंसिर ४ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक कामकारबाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।जनतालाई सही सूचना...
सरकारका सकारात्मक कामको प्रचार गरिदिन अर्थमन्त्री शर्माकाे आग्रह

काठमाडौं, मंसिर ४ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक कामकारबाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उनको भनाइ छ। प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिको अधिवशेनको उद्घाटन गर्दै उनले ‘सत्य के हो?’ भन्ने कुरालाई स्थापित गर्न अनुरोध गरे।
    
अर्थमन्त्रीले भने, ‘जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई। आजको सत्य के हो? नेपाली राजनीतिको सत्य के हो? नेपाली समाजको सत्य के हो? आजको हाम्रो समग्र अवस्था के हो? भन्ने कुरालाई स्थापित गर्नुस्।’

उनले सत्य स्थापित गर्दा त्यहाँ कुनकुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गरे। 

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताउँदै माओवादी र त्यसको नेतृत्व ‘प्रचण्ड’को आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गरे।

जनयुद्ध र  जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उनले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पारे।

समावेशी लोकतन्त्र स्थापनाका लागि माओवादीले सञ्चालन गरेको जनयुद्धले नै भूमिका निर्वाह गरेको तथ्य पेश गर्दै उहाँले त्यसलाई भत्काउन खोज्ने क्रमशः किनारामा धकेलिने उल्लेख गरे।

नेता शर्माले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको तथ्यलाई स्थापित गर्ने काममा लाग्न पनि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए। मुलुकमा स्थापित भएको परिवर्तनको रक्षाका लागि पनि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति: १६:३१ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्