सुनसरीबाट एमाले महाधिवेशनका लागि द्वारिकलाल चौधरीसहित चुनिए ४२ प्रतिनिधि
सुनसरी, मंसिर ४ : धेरै आकांक्षी भएपछि निर्वाचन गर्ने तयारी गरे पनि अन्ततः एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लगाएको छ। अन्य जिल्लामा...
सुनसरी, मंसिर ४ : धेरै आकांक्षी भएपछि निर्वाचन गर्ने तयारी गरे पनि अन्ततः एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लगाएको छ। अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भइसक्दा पपनि सुनसरीमा पनि विवाद कायम थियो।
चितवनमा हुने पार्टीको १०औं केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्नेछन्। जिल्ला निर्वाचन सहयोग समितिकाका अनुसार सुनसरी क्षेत्र १ बाट खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरी ९ जना प्रतिनिधि चयन भएका छन्।
जसमा खुल्लातर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छन् । यस्तै, महिलातर्फ वीणा खनाल, रुफिना गुरुङ (राई) र लहरु माया जिमी पनि प्रतिनिधि छनोट भएका छन्।
यस्तै क्षेत्र २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा चयन भएका छन्। खुलामा खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्वारिकलाल चौधरी छन्। महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहेका छन्।
क्षेत्र ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्गनारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन्। महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेका छन्।
क्षेत्र ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चुनिएका छन्।
दलिततर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती, पार्वता बराइली र लालबहादुर सेन्चुरी चयन भएका छन्।











