बर्षेनि २ हजार लाटोकोसेरी र हुचिलको तस्करी
काठमाडौं, माघ १८: विगत आत वर्षदेखि नयाँ–नयाँ ठाउँमा हुँदै आएको लाटोकोसेरो–हुचिल महोत्सव यसपालि खोटाङको जाल्पामा हुँदैछ ।
&....

काठमाडौं, माघ १८: विगत आत वर्षदेखि नयाँ–नयाँ ठाउँमा हुँदै आएको लाटोकोसेरो–हुचिल महोत्सव यसपालि खोटाङको जाल्पामा हुँदैछ ।
‘लाटोकोसेरो र हुचिल संरक्षणमा हातेमालौं’ गरौँ भन्ने नाराका साथ प्रकृतिका साथीहरू नामक संस्थाले खोटाङ, दिक्तेलका युवाहरूसँग मिलेर यही माघ १८ र १९ गते महोत्सव गर्न लागेको हो ।
यो महोत्सव यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखा जिल्लामा भएको थियो । यो महोत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि एकै समयमा मनाइन्छ । यस वर्षदेखि भारतको पुनेमा पनि मनाउन लागिएको छ ।
महोत्सवमा लाटोकोसेरो र हुचिलबारे जनचेतना जगाउन विभिन्न चित्रकला तथा फोटा प्रदर्शन गरिन्छन् । महोत्सवको उद्देश्य लाटोकोसेरो संरक्षण गर्नु मात्र नभई आन्तरिक पर्यटन प्रवद्र्घन गर्नु पनि हो ।
एक जोडी लाटोकोसेरो तथा हुचिलले वार्षिक करिब ३००० मुसा खाइदिएर किसानलाई फाइदा पुर्याउँछन् । यो फाइदाबारे जनचेतना जगाउन महोत्सव आयोजना गर्न लागिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए ।
महोत्सवका संयोजक विकास राईले भने, “खोटाङमा सानो लाटोकोसेरो लोप नै हुने अवस्थामा पुगेको छ र हुचिलको संख्या पनि कम हुँदै गएको छ । यसैले, यो महोत्सव यहाँ गर्न लागिएको हो ।”
नेपालका विभिन्न ३२ नाकाबाट वार्षिक करिब २,००० लाटोकोसेरो तथा हुचिलको तस्करी हुने गरेको प्रकृतिका साथीहरुले जनाको छ ।
महोत्सवको अन्तिम दिन संरक्षण क्षेत्रमा गरेको योगदानको कदर गर्दै तीनसंरक्षणकर्मीलाई ‘प्रकृति संरक्षण पुरस्कार २०७५’ प्रदान गरिनेछ । यस वर्ष पुरस्कृत हुनेमा कास्की, पोखराका अनुसन्धानकर्मी तथा संरक्षणकर्मी श्री रामजी गौतम, नेपालको सबैभन्दा जेठो चरा सम्बन्धी संस्था नेपाल पंक्षी संरक्षण संघ र बर्दियाका पत्रकार यादव आचार्य रहेका छन ।
हामीलाई सहयोग गर्ने तर हाम्रै कारणले दुख पाइरहेका लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गर्न जाल्पा जाने हैन त ?











-(7)-1765197040.jpg)
