Kathmandu Press

सोमालियामा साउदी अरबको दूतावास फेरि खुल्ने

रियाद, मंसिर ४ :  साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुला गर्ने शुक्रबार घोषणा गरेको छ। साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा...
सोमालियामा साउदी अरबको दूतावास फेरि खुल्ने

रियाद, मंसिर ४ :  साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास फेरि खुला गर्ने शुक्रबार घोषणा गरेको छ। 

साउदी अरबका विदेश मन्त्रीले दूतावास पुनःसञ्चालन गर्ने बारेमा सोमालिया सरकारसँग मिलेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 

सोमालियाको राजधानी मोगादिशुमा साउदी अरबको दूतावास पुनः खोलिने भएको हो। आपसी सहयोग र सम्बन्ध बढाउनुका साथै साझा चासो र दुई पक्षीय हितका बारेमा सहकार्य गर्न दूतावास पुनः खोल्ने निष्कर्षमा पुगिएको अधिकारीको भनाइ छ।

दूतावास पुनःसञ्चालनमा ल्याउने र आपसी सम्वन्ध र सहकार्यलाई बढाउने बारेमा छलफल गर्न साउदी अरबको टोलीले गत जुनमा सोमालियाको भ्रमण गरेको थियो।  

साउदी अरबले सन् १९९१ मा सोमालियामा रहेको आफ्नो दूतावास बन्द गरेको थियो। सोमालियामा त्यति बेला भएको आन्तरिक युद्धलाई कारण देखाउँदै साउदी अरबले सोमालियामा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको थियो। 

प्रकाशित मिति: १४:०८ बजे, शनिबार, मंसिर ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्