Kathmandu Press

प्रचण्ड र विप्लवबीच भेटवार्ता : पार्टी एकता प्रयास जारी राख्दै सहकार्य गर्ने सहमति

काठमाडौं, मंसिर ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।माओवादी केन्द्र र विप्लवको...
प्रचण्ड र विप्लवबीच भेटवार्ता : पार्टी एकता प्रयास जारी राख्दै सहकार्य गर्ने सहमति

काठमाडौं, मंसिर ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

माओवादी केन्द्र र विप्लवको नेतृत्वको नेकपाबीच एकीकरणको हल्ला चलिरहेका बेला आज प्रचण्ड निवास खुमलटारमा सो भेटवार्ता भएको हो। उनीहरूबीचको यो भेटलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।

छलफलमा मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई कसरी निकास दिने भन्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। हाललाई दुई नेताबीच पार्टीगत सहकार्य गरी अघि बढ्ने र एकताको पहललाई जारी राख्ने समझदारी भएको पनि बताइएको छ। 

सोही भेटका क्रममा एमसिसी, मूल्यवृद्धि र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले विप्लवलाई प्रचण्डको निवास खुमलटार लिएर गएका थिए।

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्