Kathmandu Press

ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व, २ ‘क’मा सर्वसम्मत

ललितपुर, मंसिर ४ : नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा...
ललितपुरका ६ वटै प्रदेशसभामा कांग्रेसको नयाँ नेतृत्व, २ ‘क’मा सर्वसम्मत

ललितपुर, मंसिर ४ : नेपाली कांग्रेस ललितपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। शुक्रबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचन र सर्वसम्मतमार्फत चयन गरिएको हो ।

ललितपुर १ ‘क’ मा मिलन सिलवाल र 'ख'मा जगतबहादुर सभापतिमा चयन भएका छन् । ललितपुर २  ‘क’ मा दिवाकर नेपाल निर्वाचित भएका छन् भने २ ‘ख’मा चन्द्रमान महर्जन निर्वाचित भएका छन् ।

३  ‘क’को प्रदेशसभा सभापतिमा वीरेन्द्र महर्जन निर्वाचित भएका छन् ।  ३ ‘ख’ मा सुरेन्द्र डंगोल निर्वाचत भएका छन् । ललितपुर कांग्रेस निर्वाचन समितिका संयोजक लोक कार्कीका अनुसार नवनिर्वाचित पदाधिकारीको विवरण आज शनिबार औपचारिक रुपमा सार्वजनिक गरिने छ ।

ललितपुर २ मा सर्वसम्मत

ललितपुर २ ‘क’ मा सर्वसम्मत नेतृत्व चयन भएको छ। 

निर्वाचन समितिका संयोजक कार्कीका अनुसार ‘क’ प्रदेशसभा सभापतिमा चन्द्रमान बज्राचार्य, उपसभापति नातीकाजी महर्जन र रवी महर्जन, सचिवमा सुरेन्द्र बज्राचार्य र सुदीप श्रेष्ठ, सहसचिवमा प्रमोदमान चित्रकार र महेश श्रेष्ठसहित  २५ जनाको कार्यसमिति चयन भएको हो ।
 

प्रकाशित मिति: १०:१४ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्