Kathmandu Press

कांग्रेस महाधिवेशन : उदयपुर २ (क) मा मतपत्र च्यातियो

उदयपुर, मंसिर ४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ। निर्वाचन क्षेत्र...
कांग्रेस महाधिवेशन : उदयपुर २ (क) मा मतपत्र च्यातियो

उदयपुर, मंसिर ४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ। निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ।

उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) (ख) निर्वाचन क्षेत्र २ को (ख) को मतपरीणाम सार्वजनिक भएको छ । निर्वाचन क्षेत्र २ (क०)को मतपत्र च्यातिएको कारण स्थगित गरिएको छ।

१ (ख) मा सरोजकुमार बस्नेत, २ (ख) कृष्ण थापा निर्वाचित  भएका छन्। उनीहरु सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय नेता हुन्। १ (क) मा अर्जुन दाहाल विजयी भएका छन् । उनी कोइराला–पौडेल पक्षका हुन् ।


 

प्रकाशित मिति: ०९:५१ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्