आज देशैभर माओवादीको वडा सम्मेलन
काठमाडौं, मंसिर ४ : नेकपा (माओवादी केन्द्र)ले आज देशभर एकै पटक वडा सम्मेनल गर्न लागेको छ।आज ६ हजार सात सय ४३ वडामा वडा...
काठमाडौं, मंसिर ४ : नेकपा (माओवादी केन्द्र)ले आज देशभर एकै पटक वडा सम्मेनल गर्न लागेको छ।
आज ६ हजार सात सय ४३ वडामा वडा सम्मेलन हुन लागेको माओवादीले जनाएको छ। राष्ट्रिय सम्मेलनअघि हुने तीन वटा सम्मेलनमध्ये सबैभन्दा पहिले वडा सम्मेलन हुन लागेको हो।
त्यसपछि मंसिर ११ गते स्थानीय तहको सम्मेलन तोकिएको छ। प्रदेश सम्मेलन २५ मंसिरमा हुने माओवादीले जनाएको छ।
तीनै सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन हुनेछ। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार वडादेखि केन्द्रीय तहसम्म निर्वाचन हुँदा तीन लाख कार्यकर्ता पदीय जिम्मेवारीमा आउनेछन्। त्यस्तै, आठ हजारभन्दा बढी समिति बन्नेछन्।
प्रकाशित मिति: ०७:५५ बजे, शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











