एनआरएनए नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर १५ मा निर्वाचन
काठमाडौं, मंसिर ३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर १५ मा निर्वाचन हुने भएको छ ।संघका अध्यक्ष...
काठमाडौं, मंसिर ३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर १५ मा निर्वाचन हुने भएको छ ।
संघका अध्यक्ष कुमार पन्तले आज एक बिज्ञप्ति जारी गर्दै संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा आगामी डिसेम्बर १५ मा निर्वाचन हुने जानकारी गराएका हुन् ।
यस्तै १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा हुने छ । अध्यक्ष पन्तले महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई आजै बुझाईने भन्दै संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छन् ।
गत महिनाको लागि तय गरिएको महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र पछि रोकिएको थियो ।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











