Kathmandu Press

नेपाली सेनाद्वारा सात जना काठ तस्कर पक्राउ 

कञ्चनपुर, मंसिर ३ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्‍ज प्रशासनसहितको संयुक्त टोलीले काठ तस्करलाई पक्राउ गरेको छ। कञ्‍चनपुरको भीमदत्त नगरपालिका...
नेपाली सेनाद्वारा सात जना काठ तस्कर पक्राउ 

कञ्चनपुर, मंसिर ३ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना तथा निकुञ्‍ज प्रशासनसहितको संयुक्त टोलीले काठ तस्करलाई पक्राउ गरेको छ। 

कञ्‍चनपुरको भीमदत्त नगरपालिका १९ स्थित बाघफाँटा वैजनाथ मन्दिर ईलाकामा अवैध रुपमा सालको गोलिया गोटा ३ (९०.९८ क्यू.फिट) लैजादै गरेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका व्यक्तिहरुलाई सेनाले पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाएको जनाएको छ। 
 

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्