Kathmandu Press

प्रधानमन्त्री देउवालाई एमालेले दियो महाधिवेशनको निम्तो 

काठमाडौं, मंसिर ३ : एमालेले आफ्नो दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएको छ।आज बालुवाटार पुगेर एमाले नेता सुवास...
प्रधानमन्त्री देउवालाई एमालेले दियो महाधिवेशनको निम्तो 

काठमाडौं, मंसिर ३ : एमालेले आफ्नो दसौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएको छ।

आज बालुवाटार पुगेर एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई महाधिवेशनको निम्तो दिएका हुन्।

एमालेले महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाहरूलाई निमन्त्रणा गर्ने भने पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई भने एमालेले महाधिवेशनमा नबोलाउने बताएको थियो।

एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुँदैछ।

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्