गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री बीच भेटवार्ता
काठमाडौं, मंसिर ३ : गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल...
काठमाडौं, मंसिर ३ : गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको हो ।
भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु¥याएको सहयोग लगायत विषयमा छलफल भएको थियो ।
भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए । त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमाजलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो ।
उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका हुन् । भेटमा गृहमन्त्री खाणले नेपालको कोभिड विरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए ।
उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनर्उथ्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त थरे ।











