Kathmandu Press

बार अध्यक्षलाई प्रधानन्यायाधीशको पत्र : छलफल र संवादबाट समस्या समाधान गरौं 

काठमाडौं, मंसिर ३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन्।बार अध्यक्ष श्रेष्ठले सल्लाहकार समिति बैठकमा...
बार अध्यक्षलाई प्रधानन्यायाधीशको पत्र : छलफल र संवादबाट समस्या समाधान गरौं 

काठमाडौं, मंसिर ३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन्।

बार अध्यक्ष श्रेष्ठले सल्लाहकार समिति बैठकमा आफूलाई सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाएका थिए। बारका एक पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले पत्रमा आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको बताएका छन्।

उनका अनुसार जबराले न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा पत्रमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्