Kathmandu Press

गुणस्तरीय ‘ई–कमर्स’ सेवा आवश्यक : ढकाल

काठमाडौं, मंसिर ३ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक...
गुणस्तरीय ‘ई–कमर्स’ सेवा आवश्यक : ढकाल

काठमाडौं, मंसिर ३ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन्। 

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्चस्तरीय सूचना प्रविधिको प्रवर्धनबाट नै देशमा आर्थिक समृद्धि सम्भव रहेकाले देशका विविध सेवा तथा व्यवसायलाई ‘डिजिटलाइज’ गर्नुपर्ने बताए। उनले अबको युग सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो रूपमा प्रविधिमैत्री बनाउन सुझाव दिए।

बिस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड–१९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उनले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई सूचना प्रविधिमा लैजान सकिने सम्भावनाको खाजी गरी त्यसतर्फ लैजान आग्रहसमेत गरे। उनले भने, ‘हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो, तर महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि गर्‍यौं, अब यसलाई थप संस्थागत गर्नुपर्छ।’ 

उनले नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र यसलाई आगामी दिनमा प्रमुखताका साथ अघि बढाउने बताए।

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, मंसिर ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्