सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्षमा विपीन
मंगलबारे, मंसिर ३ : सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च इलामको चौथो जिल्ला अधिवेशनबाट विपीन योङ्याको नेतृत्वमा ३२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ। कार्यसमितिको उपाध्यक्षमा...
मंगलबारे, मंसिर ३ : सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च इलामको चौथो जिल्ला अधिवेशनबाट विपीन योङ्याको नेतृत्वमा ३२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ।
कार्यसमितिको उपाध्यक्षमा फुलकुमार शेर्मा, बिरेन सम्बाहाम्फे, सनबहादुर योङ्हाङ र पूर्ण फत्र लिम्बू चयन भएका छन्। यसैगरी सचिवमा अम्बिका योङ्हाङ, जितकुमार मुखिया र राजन फियाक, कोषाध्यक्षमा सम्झना लावती चयन भएको मञ्चले जनाएको छ।
प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












