Kathmandu Press

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कार्यदलको सिफारिस 

काठमाडौं, भदौं २ : राष्ट्रिय दूग्ध विकास बोर्डको संयोजकत्व गठित कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस गरेको छ। 

....
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कार्यदलको सिफारिस 

काठमाडौं, भदौं २ : राष्ट्रिय दूग्ध विकास बोर्डको संयोजकत्व गठित कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस गरेको छ। 

बोर्डको सोमबार बसेको बैठकले दूधको मूल्य ६ देखि १० रुपैयाँसम्म बढाउनु पर्ने निष्कर्ष निकालेको थियो। त्यही निष्कर्षका आधारमा कार्यदलले सोमबारै  कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई भेटेर दूधको मूल्य बढाउन सिफारिससहितको प्रतिवेदन बुझाएको छ।

कार्यदलले धेरै दूध उत्पादन हुने समयमा प्रतिलिटर ६ रुपैयाँ र कम उत्पादन हुने समयमा प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस गरेको बोर्डका अध्यक्ष बाबुकाजी पन्तले जानकारी दिए।

दूधको मूल्य अहिले प्रतिलिटर ८० देखि ९० रूपैयाँ छ। तर, सरकारले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाए बजारमा उपभोक्तालाई प्रतिलिटर ९० देखि एक सय रुपैयाँ पर्नेछ।

कार्यदललले सिफारिसका आधारमा मन्त्रालयले थप अध्ययन गरेर केही दिनमा दूग्ध विकास संस्थान (डीडीसी) लाई पत्र काट्ने तयारी गरेको छ। उत्पादन लागत उच्च भएको तथा तीन वर्षदेखि नबढेको भन्दै किसान तथा व्यवसायीले दूधको भाउ बढाउन दबाब दिँदै आएका छन्। 

समस्या समाधान गर्न मन्त्रालयले गत फागुनमा वास्तविक दूध उत्पादन लागत मूल्य अध्ययन गर्न कार्यदल गठन गरेको थियो। 
 

प्रकाशित मिति: १९:३९ बजे, सोमबार, भदौ २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्