Kathmandu Press

महाधिवेशनपछि एमाले एउटै लय, धुन र गतिमा दौडिन्छ : योगेश भट्टराई 

काठमाडौं, मंसिर ३ : प्रमुख प्रतिपक्षी दल एमालेका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले आसन्न १०औं महाधिवेशनलगत्तै पार्टी ‘एउटै लय, एउटै धुन र...
महाधिवेशनपछि एमाले एउटै लय, धुन र गतिमा दौडिन्छ : योगेश भट्टराई 

काठमाडौं, मंसिर ३ : प्रमुख प्रतिपक्षी दल एमालेका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले आसन्न १०औं महाधिवेशनलगत्तै पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन्।

आज रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो महाधवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ। एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ। एमाले अब हिँड्दैन, दौडिन्छ।’

उनले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरी अघि बढिने पनि विश्वास दिलाए। उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढी स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं। अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ। यो महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुनेछ।।’

आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिने विश्वास पनि उनले व्यक्त गरे। ‘महिाधवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ। हरेकले त्यो अधिकार प्रयोग गर्न पाउनुहुछ। तर, हाम्रो मिसन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो। सहमतिमार्फत नेतृत्व चयन हुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

उनले सहमति नभए हरेक मान्छेले आफूले चाहेको पदमा उठ्न पाउने  बताए। उनले भने, ‘हाम्रो पार्टीमा रहेका सबैको सम्मानजनक उपस्थिति र जिम्मेवारी हुन्छ।’ यद्यपि उनले आफू कुन पदमा उठ्ने भनेर अहिले नै भन्न भने हतार हुने टिप्पणी गरे। उनले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे। उनले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाए।

‘हामीले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै बहुमत मागेका होइनौं। देशको समस्यालाई हटाउँदै समाजवाद ल्याउने लक्ष्य हो। यो कसले गर्न सक्छ त भन्दा एमालेले मात्रै गर्नसक्छ। त्यसको संकल्प महाधिवेशनले गर्छ।’

उनले यसपटक चुनावको पूर्वसन्ध्यामा पार्टीको महिावधेशन गर्न लागेको र पार्टी विभाजन भएको अवस्था भएकोले महाधिवेशनमार्फत एमलोले जनतासामू आफ्नो वर्चश्व प्रस्तुत गर्न खोजिरहेको पनि सुनाए। 

उनले ५ लाखभन्दा बढि जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने जनाए। एमालेमा नेताको खाँचा र खडेरी नभएको स्पष्ट पारे। ‘एमालेमा एक सय एक नेता छन्। नेपाली समाजलाई नेतृत्व गर्नसक्ने एमाले नै हो। सबै दललाई समेत अगुवाई गर्नसक्ने नेतृत्वदायी पार्टी भनेको नै एमाले हो,’ उनले भने।

उनले एमालेले अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो छवि बनाएको दाबी गरे। उनले भने, ‘हामीले हाम्रो सरकार भएको बेलामा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्यौं। भारतसँग पनि हामीले सुमधुर सम्बन्ध राख्यौं, विदेश नीतिको सवालमा पनि एमालेले नेतृत्वदायी भूमिका खेलेको छ। एमालेको आउने महाधिवेशनले पार्टीले हिजो बनाएको इतिहास र विरासत थाम्नसक्ने, सबै दल र आम जनसमूदायलाई अगुवाई गर्नसक्ने, विश्व समूदायसँग नेपालको सम्बन्ध सन्तुलित राख्ने, र समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई नेतृत्व गर्न सक्ने, त्यस्तो नेतृत्व यो महाधिवेशनबाट हामी अगाडि ल्याउनेछौं।’

उनले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चूनौतिको रुपमा दर्ज गरे। भट्टराईले अहिले ९० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनितधिहरु सर्वसम्मतिबाट चयन भएको पनि सुनाए। उनले अध्यक्षलगायत पदाधिकारी, केन्द्रीय कमिटी  सबै सहमतिका साथ निर्माण गर्नसकिने विश्वास दिलाए।

उनले भने,‘यो हाम्रो आत्मविश्वास हो। अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा हामी त्यो दिशामा अघि बढिरहेका छौं। अहिले अध्यक्षज्यूसँग आवश्यक छलफल र परामर्शमा छौं। प्रतिनिधिसँग पनि छलफल गर्छौं। एमालेले एकताबद्ध भएर नेतृत्व चयन गर्छ।’

उनले अहिलेसम्म ९५ प्रतिशतभन्दा बढि प्रतिनिधिको छनौट भैसकेको र आज÷ भोलिभित्रै सबै प्रतिनिधिहरुको छनौट हुने जानकारी दिए। उनले भने, ‘अहिले केन्द्रीय कार्यालयमार्फत आवश्यक रुजु गरिरहेका छौं। अन्तिम स्वीकृति भएपछि प्रतिनिधिहरुको परिचयपत्र बन्छ।’ उनले महाधिवेशनस्थल चितवन भएको सुनाउँदै महाधिवेशनको उदघा्टनस्थल नारायणीनदीको फाँट रहेको सुनाए।

उनले भने, ‘आजसम्म नेपालमा कसैले नबनाएको भव्य र आकर्षक मञ्च हाम्रो महाधिवेशनमा हुनेछ। जहाँ हाम्रा विदेशी पाहुनाहरु, केन्द्रीय कमिटीलाई राख्नेगरि मञ्च बनाउँछौं। नेपालको राष्ट्रिय गानको धुनलाई ७२ जना कलाकारले एकसाथ गाउन सक्नेगरि बनाएका छौं।’

उनले मंसिर ११ गते बिहानै बन्दसत्र सुरु गरिने जनाए। उनले भने, ‘अध्यक्ष मण्डलको गठन हुनेछ। अध्यक्षको सम्बोधन हुनेछ। १२ गते बिहान ८ बजेटबाट मतदान हुनेछ। बेलुकासम्म मतगणना हुनेछ। १३ गते बिहानबाट एकताको सन्देश बोकेर हाम्रा साथीहरु देशभरि फर्किनुहुनेछ।’
 

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्