काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण
काठमाडौं, मंसिर ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९...
काठमाडौं, मंसिर ३ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ९१, भक्तपुरमा १० र ललितपुरमा १९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,५९६ रहेको छ।
तीमध्ये काठमाडौंमा ५५९, भक्तपुरमा ४७० र ललितपुरमा ५६७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











