Kathmandu Press

थप २९६ जनामा देखियो कोरोना, निको  हुनेको संख्या ३६९, पाँचको मृत्यु 

काठमाडौं, मंसिर ३ :  पछिल्लो २४ घन्टामा देशभरिमा २९६ जना कोरोना संक्रमित थपिएका छन्।७,७७७ जनामा गरिएको पिसिआर परीक्षणबाट २७१ र १,१९५ जनामा गरिएको एन्टिजेन...
थप २९६ जनामा देखियो कोरोना, निको  हुनेको संख्या ३६९, पाँचको मृत्यु 

काठमाडौं, मंसिर ३ :  पछिल्लो २४ घन्टामा देशभरिमा २९६ जना कोरोना संक्रमित थपिएका छन्।

७,७७७ जनामा गरिएको पिसिआर परीक्षणबाट २७१ र १,१९५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३६९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,९९,५४५ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,४९४ पुगेको छ।

अहिले देशभरिमा ७,५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ७,०६० जना होम आइसोलेसनमा र ४७९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

त्यसैगरी २३१ जनाको आईसियुमा उपचार भइरहँदा ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्