Kathmandu Press

डिएसपीबाट एसपीमा बढुवा हुने कोको हुन्? (सूचीसहित)

काठमाडौं, मंसिर ३ : नेपाल प्रहरीका आठजना प्रहरी नायब उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा...
डिएसपीबाट एसपीमा बढुवा हुने कोको हुन्? (सूचीसहित)

काठमाडौं, मंसिर ३ : नेपाल प्रहरीका आठजना प्रहरी नायब उपरीक्षक (डिएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि नेपाल प्रहरीका आठ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवं बढुवा समिति सदस्य सचिव विश्वराज पोखरेलले जानकारी दिए। 

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका डिएसपीहरूलाई सोही समूहतर्फको एसपीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रकाशित गरिएको बताइएको छ।

बढुवा हुनेमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन्।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्