Kathmandu Press

अदालतको समस्या प्रधानमन्त्रीको पहलमा चाँडै समाधान हुन्छ : नेपाल

चितवन, मंसिर ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।त्यसका लागि प्रधानमन्त्री...
अदालतको समस्या प्रधानमन्त्रीको पहलमा चाँडै समाधान हुन्छ : नेपाल

चितवन, मंसिर ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका सम्बन्धित निकायसँग परामर्श लिएर समाधानको उपाय निकाल्ने जानकारी दिए।

भरतपुर विमानस्थलमा एकीकृत समाजवादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अदालतको विवादबारे सत्ता साझेदार पाँच दलबीच छलफल भएको र प्रधानमन्त्रीले विवाद समाधानका लागि अग्रसरता लिने बताए। 

न्यायालयमा भएको समस्याको निकास न्यायालयबाटै समाधान गर्ने काम हुनुपर्नेमा उनले जोड दिए।
 
अध्यक्ष नेपालले एमाले अब इतिहासमा मात्रै सीमित हुने दाबी गरे। पाँच दलीय गठबन्धन लामो समय रहने सहमति भएको पनि उनले जानकारी दिए। 

एमालेतर्फ संकेत गर्दै उनले गठबन्धन देखेर कतिपय पार्टीको सातो गएको बताए। एकीकृत समाजवादीमा सारा जनता र कार्यकर्ताको आकर्षण बढिरहेको पनि उनले दाबी गरे।

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्