Kathmandu Press

१० हजार नर्सलाई बेलायतको रोजगारीमा पठाउने सरकारको तयारी

काठमाडौं, मंसिर ३ : सरकारले १० हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी थालेको छ।श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त संख्यामा नर्स बेलायत...
१० हजार नर्सलाई बेलायतको रोजगारीमा पठाउने सरकारको तयारी

काठमाडौं, मंसिर ३ : सरकारले १० हजार नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने तयारी थालेको छ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त संख्यामा नर्स बेलायत पठाउन समन्वय गरिरहेको जनाएको छ। 

आज वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेको र नेपाल सरकारले पनि सम्झौताको तयारी गरिरहेको जानकारी दिए।

कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भने मन्त्रालय छलफलमा जुटिरहेको उनको भनाइ थियो। बेलायतमा नर्स पठाउने सरकारको योजना छिट्टै पूरा हुने सचिव गौतमले विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले वैदेशिक रोजगारीका नयाँनयाँ गन्तव्य खोजिरहेको उल्लेख गरे। ‘बेलायतजस्ता अरु सुरक्षित गन्तव्यको खोजी गरेर श्रम सम्झौता अघि बढाएर श्रमिक पठाउने योजना सरकारको छ,’ उनले  भने। सम्झौता भइसकेका मुलुकहरुको पनि पुनरावलोकन गरिने उनको भनाइ थियो।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्