Kathmandu Press

पचालझरनामा पशुपालक किसानलाई ‘गोठालो भत्ता’

मान्म, मंसिर ३ : कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ।  पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो। गाउँपालिकाले आर्थिक...
पचालझरनामा पशुपालक किसानलाई ‘गोठालो भत्ता’

मान्म, मंसिर ३ : कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ।  पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो। 

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो। कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक रु एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक रु दुई हजारका दरले गोठालो भत्ता दिदैँ आएको छ। 

सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताए। ‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउन  गोठालो भत्ता उपलब्ध गराएका छौं,’ उनले भने, ‘यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ।’

उनका अनुसार गाउँपालिकाभरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान छन्। त्यस्तै एक सयभन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान छ जना रहेको गाउँपालिकाले जनाएको छ। 

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ९ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्