Kathmandu Press

करेन्ट लागेर झापामा एकजनाकाे मृत्यु  

झापा, मंसिर ३ : झापा गाउँपालिका–६ भृकुटी चोक बस्ने ६२ वर्षीया हरिमाया विकको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ।आफ्नै बारीबाट नरिवलको हाँगा बोकी...
करेन्ट लागेर झापामा एकजनाकाे मृत्यु  

झापा, मंसिर ३ : झापा गाउँपालिका–६ भृकुटी चोक बस्ने ६२ वर्षीया हरिमाया विकको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ।

आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको विद्युतको तारले हाँगालाई छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्