Kathmandu Press

रामदेव पहिले परम्परावादी लागे पनि अहिले क्रान्तिकारी : प्रचण्ड

काठमाडौं, मंसिर ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगगुरु रामदेव सुरुमा परम्परावादी र रुढीवादी जस्तो लागे पनि अहिले क्रान्तिकारी र वैज्ञानिक लागेको...
रामदेव पहिले परम्परावादी लागे पनि अहिले क्रान्तिकारी : प्रचण्ड

काठमाडौं, मंसिर ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगगुरु रामदेव सुरुमा परम्परावादी र रुढीवादी जस्तो लागे पनि अहिले क्रान्तिकारी र वैज्ञानिक लागेको बताएका छन्।

पतञ्जलि योगपीठले आज काठमाडौंको मण्डीखाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेवले पुरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व गरेको र आरोग्यताबाट उद्योग सञ्चालनतर्फ उत्पादन वृद्धिको अभियान सञ्चालन गरेको भन्दै रामदेवको प्रशंसा गरे ।

उनले बिहीबार बेलुका खुमलटारस्थित आफ्नै निवासमा रामदेव भेट भएको पनि जानकारी दिए। त्यसक्रममा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिमा कसरी क्रान्ति ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनको भनाइ थियो।

आस्था र पतन्जली टेलिभिजन उद्घाटनलगायत कार्यक्रममा सहभागिता जनाउन रामदेव र आचार्य बालकृष्ण यतिखेर नेपालको भ्रमणमा छन्।

प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्