नाडा अटो शोमा महिन्द्राका दुई नयाँ मोडलका गाडी सार्वजनिक हुने
काठमाडौं, भदौ २ : नाडा अटो शोमा मन्हिन्द्राका दुई नयाँ मोडलका कार सार्वजनिक गरिने भएको छ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका लागि....

काठमाडौं, भदौ २ : नाडा अटो शोमा मन्हिन्द्राका दुई नयाँ मोडलका कार सार्वजनिक गरिने भएको छ।
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका लागि नेपालको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले यो पटकको नाडा अटो शोमा महिन्द्राका पछिल्ला दुई उत्पादन ‘एक्सयूभी–३००’ तथा ‘मराजो’ गाडी नेपाली बजारमा सार्वजनिक गरिने जनाएको छ।
भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार विस्तार गर्ने आशा अग्नी इन्र्पोरेटेडले राखेको छ।
महिन्द्राले उत्पादन गरेको स्पोर्टस यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ र कम्पनीकै पहिलो लग्जरी मल्टि पर्पोज भेइकल (एमपीभी) ‘मराजो’ ले नाडा अटो शो २०१९ मा सबैको ध्यान खिच्ने उसको अपेक्षा छ।
महिन्द्रा एक्सयूभी–३००
महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो। महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी –३०० को डिजाइन निकै आक्रामक रहेको छ।
.jpg)
यसमा आकर्षक सनरुफको साथै, एलइडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता छन्। एक्सयूभी ३०० मा ७ ओटा फस्टइन सेग्मेन्ट फिचर दिइएको छ।
सात वटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, इबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी बनेको दाबी निर्माण कम्पनीको छ। नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ। यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै २००० देखि ३५०० आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ।
साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ।
महिन्द्रा मराजो
निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ। मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने कारका केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरी बनाइएको छ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ। मराजोका सबै भेरिएन्टमा एबीएस र इबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड रुपमा दुई वटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ।
मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ। कारमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ। जसमा अडियो, ब्लू–टुथ टेलेफोनिक र क्रूज कन्ट्रोलको सुविधा छ।
महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ। जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ।










-1754206481.jpg)
