Kathmandu Press

पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं, मंसिर ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्। आज पतञ्जलि योगपीठ नेपालले मण्डिखाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं, मंसिर ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका छन्। 

आज पतञ्जलि योगपीठ नेपालले मण्डिखाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलि योगपीठलाई जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्। 

‘‘यो नन प्रोफिट संस्थालाई नेपाल सरकार सहयोग गर्न र जग्गा उपलब्ध गराउन तयार छ,’ प्रधानमन्त्री देउवाले भने। 

उनले योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई सरकारका तर्फबाट धन्यवाद पनि दिए। रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन पनि उनले आग्रह गरे। 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्