कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने
सुर्खेत, मंसिर ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।सोही प्रयोजनका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख...
सुर्खेत, मंसिर ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।
सोही प्रयोजनका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको १८३ को उपधारा १ बमोजिम कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभत्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। शाही आफ्नै पार्टी नेपाल कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

