Kathmandu Press

चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु

चितवन, मंसिर ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि...
चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु

चितवन, मंसिर ३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ। प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ।

जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र १ (क) का लागि खैरहनी नगरपालिका–९ मा रहेको पुन समाजको भवनमा मतदान प्रक्रिया सुरु भएको छ।

सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि कृष्णबहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी दर्ता भएको उनले जानकारी दिए। यस क्षेत्रमा ३४५ मतदाता छन्।

यस्तै १ (ख) को टाँडीमा रहेको होटेल स्टर बैंकुइटमा निर्वाचन प्रक्रिया सुरु भएको छ। यस क्षेत्रमा तीनजना सभापति पदका दाबेदार रहेका छन्। उम्मेदवारहरुमा गोविन्द गौतम, रामहरि न्यौपाने र सुजन थापा रहेका छन्। यहाँ ५६५ जना मतदाता रहेको उनले जानकारी दिए। 

यस्तै निर्वाचन क्षेत्र २ (क) मा ४७७ मतदाता रहेका छन्। त्यहाँ सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरिप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। उद्योग वाणिज्य संघ चितवनमा मतदान प्रक्रिया सुरु भएको छ।

यस्तै २ (ख) को निर्वाचन अहिले सगोल पार्टी प्यालेस यज्ञपुरीमा सुरु भएको छ। सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की र रोशन शाही ठकुरीले उम्मेदवारी दर्ता गराएका छन्। यस निर्वाचन क्षेत्रमा ४९२ जना मतदाता रहेको पोख्रेलले जानकारी दिए।

क्षेत्र ३ (क) को निर्वाचन शहीद स्मारक कलेज शारदा नगरमा सुरु भएको छ। यहाँ ६०५ जना मतदाता रहेका छन्। जहाँ तीनजनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन्। सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।

यता ३ (ख) को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा हुँदैछ। यहाँ ३५५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दैछन्। यस क्षेत्रका लागि चारजनाको उम्मेदवारी दर्ता भएको छ। सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओमप्रसाद पोख्रेल, राम कँुवर र शोभाखर चापागाईं रहेका छन्।

हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक सभापति, दुई उपसभापति, दुई सचिव र दुईजना सहसचिव निर्वाचित गर्नेछ। 

यस्तै १६ देखि १८ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्वाचित गर्ने पोख्रेलले जानकारी दिए। प्रदेश अधिवेशन प्रतिनिधिहरु नै सो क्षेत्रको कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ।

प्रदेश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको निर्वाचनका लागि बहुमत प्राप्त उम्मेदवार विजयी हुनेछन्। निर्वाचन दिउँसो १ बजे सकिनेछ। अहिलेसम्म निर्वाचन प्रक्रिया शान्तिपूर्ण वातावरणमा भइरहेको उनले बताए।

आज साँझसम्म सबै निर्वाचन क्षेत्रको नतिजा आइसक्ने उनले जानकारी दिए। यही मङ्सिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन हुँदैछ।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्