Kathmandu Press

रुस–चीन सम्बन्ध इतिहासकै उच्च तहमा : पुटिन

मस्को, मंसिर ३ : रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने...
रुस–चीन सम्बन्ध इतिहासकै उच्च तहमा : पुटिन

मस्को, मंसिर ३ : रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने  बताउँदै  पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको बिहीबार आयोजित विस्तारित बैठकमा भने, ‘हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौं।’

Hardik ivf

उनले २१औं शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए।

राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले खुला रूपमा मस्को र बेइजिङका बीचमा फाटो ल्याउने प्रयास गरिरहेको समेत टिप्पणी गरेका छन्।

‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौं,’ उनले भने।

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्