कानुन व्यवसायीलाई अभद्र व्यवहार गर्ने दुईजना नियन्त्रणामा
काठमाडौं, मंसिर ३ : नेपाल बार एसोसिएसनको कार्यालय परिसरमा पुगेर कानुन व्यवसायीलाई अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा...
काठमाडौं, मंसिर ३ : नेपाल बार एसोसिएसनको कार्यालय परिसरमा पुगेर कानुन व्यवसायीलाई अभद्र व्यवहार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीलाई बिहीबार अश्लील शब्द प्रयोग गरी गालीगलौजमा उत्रिने तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।
ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट बिहीबार राति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ। उनीहरुमाथि बयान लिने काम भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

