Kathmandu Press

५८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण आज लाग्दै, नेपालबाट नदेखिने

काठमाडौं, कात्तिक २७ : आज पाँच सय ८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण देखिँदैछ।यो आंशिक चन्द्रग्रहण हो । खगोलविद्हरूका अनुसार १८ फेब्रुअरी १४४० मा यस्तै चन्द्रग्रहण...
५८० वर्षपछिको दुर्लभ चन्द्रग्रहण आज लाग्दै, नेपालबाट नदेखिने

काठमाडौं, मंसिर ३ : पाँच सय ८० वर्षपछि आज दुर्लभ चन्द्रग्रहण देखिँदैछ।

यो आंशिक चन्द्रग्रहण हो । खगोलविद्हरूका अनुसार १८ फेब्रुअरी १४४० मा यस्तै चन्द्रग्रहण लागेको थियो । र, अब ८ फेब्रुअरी २६६९ मा मात्र यस्तो चन्द्रग्रहण देखिनेछ ।

भारतको एमपी बिडला प्लेनेटोरियमका रिसर्च एन्ड एकेडेमिक विभाग प्रमुख देवीप्रसाद दुआरीका अनुसार ३ मंसिरमा देखिने चन्द्रग्रहण तीन घण्टा २८ मिनट २४ सेकेन्डसम्म लाग्नेछ। यो एकदमै लामो चन्द्रग्रहण रहेको दुआरी बताउँछन्।

अपराह्न १२ बजेर ४८ मिनटमा सुरु हुने ग्रहण चार बजेर १७ मिनटसम्म रहनेछ। दक्षिण एसियामा भारतका पूर्वोत्तर आसाम र अरुणाचलसहित दक्षिण अमेरिका, पूर्वी एसिया, अस्ट्रेलिया र प्रशान्त महासागर क्षेत्रमा यो चन्द्रग्रहण देख्न सकिने छ।

यूएस इस्ट कोस्टमा आंशिक चन्द्रग्रहण राति दुई बजेपछि सुरु हुनेछ, जुन बिहान चार बजेपछिसम्म कायम रहनेछ। यस्तै, यूएस वेस्ट कोस्टमा राति ११ बजे सुरु हुने ग्रहण राति एक बजेपछिसम्म देख्न सकिने छ।

पृथ्वीले पूर्ण रूपमा ढाक्ने पूर्ण चन्द्रग्रहणभन्दा आंशिक चन्द्रग्रहण शानदार देखिँदैन। तर, यो लामो समयसम्म देख्न पाइन्छ।

नेपाल र भारतमा यसलाई नांगो आँखाबाट देख्न सकिने छैन, विशेष उपकरण आवश्यक हुन्छ।

यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण पनि हो। यसअघि गत ६ मे (२३ वैशाख)मा चन्द्रग्रहण लागेको थियो, जतिबेला ब्लू मुन अर्थात् चन्द्रमा रातो रंगको देखिएको थियो।

३ मंसिरको चन्द्रग्रहणको दुई सातापछि ४ डिसेम्बर (१८ मंसिर)मा पूर्ण सूर्यग्रहण लाग्नेछ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार एक वर्षमा बढीमा तीनपटक चन्द्रग्रहण लाग्छ । अर्थात्, २१ औँ शताब्दिभरिमा कुल दुई सय २८ पटक चन्द्रग्रहण लाग्नेछ । ज्योतिष शास्त्रमा भने आंशिक चन्द्रग्रहणलाई चन्द्रग्रहणको दर्जा दिइएको छैन ।

प्रकाशित मिति: १०:०६ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्