Kathmandu Press

कांग्रेस काठमाडौंको २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

कांग्रेस काठमाडौंको २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

काठमाडौं, मंसिर ३ : नेपाली कांग्रेस काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौंका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो।

कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए। ‘सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ,’ उनले भने।

यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै काठमाडौंमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।
 

प्रकाशित मिति: ०९:३८ बजे, शुक्रबार, मंसिर ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्