राप्रपाको महाधिवेशन फेरि सर्यो
काठमाडौं, मंसिर ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ।पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल...
काठमाडौं, मंसिर ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ।
पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो। राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले विज्ञप्ति जारी गरी महाधिवेशन सारिएको जनाएका छन्।
अब राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म हुनेछ। यसअघि मंसिर ११ गतेदेखि १३ गतेसम्म गर्ने तय भएको थियो।
यस्तै राप्रपाले महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ। नयाँ मितिअनुसार मंसिर ६ देखि ८ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ। यसअघि मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो।
प्रकाशित मिति: ०७:५३ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

