राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको हो ।
काठमाडौं, मंसिर २ : सरकारले आउँदो माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । नयाँ संविधानपछि निर्मित राष्ट्रिय सभामा गोला प्रथाका आधारमा प्रत्येक दुई वर्षमा २० जना सदस्यको पदावधि समाप्त हुन्छ ।
आउँदो फागुन २० मा गोला प्रथाका आधारमा चार वर्ष पदावधि कायम भएका सांसदहरुको पदावधि सकिन लागेको हो ।
प्रकाशित मिति: २१:२९ बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

