Kathmandu Press

नेपालमा ह्वात्तै घट्यो मोबाइल आयात

काठमाडौं, भदौ २ : आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ह्वात्तै घटेको छ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ को ....

नेपालमा ह्वात्तै घट्यो मोबाइल आयात

काठमाडौं, भदौ २ : आर्थिक वर्ष २०७५/७६ मा मोबाइल सेटको आयात ह्वात्तै घटेको छ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा १९ लाख ४८ हजार मोबाइल सेट कम आयात भएको छ। 

Hardik ivf

आर्थिक वर्ष २०७५/७६ मा विभिन्न देशबाट ४२ लाख ७५ हजार ५ सय १८ सेट मोबाइल आयात गरिएको थियो भने आर्थिक २०७४/७५ मा ६२ लाख २३ हजार ६ सय ६५ मोबाइल सेट नेपाल भित्र्याइएको थियो।

सरकारले भ्याट फिर्ता कटौती गरेसँगै मोबाइल आयातमा कमि आएको हो। सरकारले अघिल्लो आर्थिक वर्षमा बजेटमार्फत मोबाइलमा भ्याट फिर्ता दिन छाडेपछि आयातमा कमि भएको अर्थ मन्त्रालयको बुझाइ छ। 

विगतमा नेपालमा भारत तथा तेस्रो मुलुकबाट मोबाइल आयात गरेर निकासी गर्ने गरिएको थियो। ‘विगतमा भ्याट फिर्ता लिने र नेपालबाट अन्यत्र मोबाइल निकासी गर्ने ट्रेन्ड बढेपछि आयात बढेपछि सरकारलाई ठूलो घाटा लागेको थियो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने। 

भ्याट फिर्ता कटौती गरिएसँगै नेपालबाट निकासी हुने मोबाइलको संख्यामा पनि कमी आएको छ। गत वर्ष १ हजार ८ सय ४२ सेट मात्रै मोबाइल निर्यात भएको छ। तर, त्योभन्दा अघिल्लो वर्ष ७४ हजार ८ सय ८८ थान मोबाइल निकासी भएको थियो।  अहिले सरकारले मोबाइलमा १३ प्रतिशत भ्याट लगाउँदै आएको छ। 

गत आर्थिक वर्षमा मोबाइल आयातका लागि मात्रै नेपालबाट १९ अर्ब २७ करोड रुपैयाँ बाहिरिएको थियो। तर, अघिल्लो आर्थिक वर्षमा यो तथ्यांक २४ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो।

मोबाइल आयात घटेपनि मोबाइल आयात शीर्षकबाट हुने राजश्व संकलनमा भने खासै असर परेको छैन। आर्थिक वर्ष २०७४/७५ मा सरकारले ३ अर्ब ५२ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा मोबाइल आयात शीर्षकबाट ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ। 
 

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्