Kathmandu Press

रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं, मंसिर २ : रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११...
रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं, मंसिर २ : रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

दुर्घटनामा तीन जना पुरुष र एक महिला गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ज्यान गुमाउनेको पहिचान भने खुलिसकेको छैन ।

दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा सडकबाट माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो ।

घाइते ११ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । 

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्