Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएकाे हाे। 
अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडाैं, मंसिर २ : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ। 

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएकाे हाे। 

तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुगेका लु र प्रधानमन्त्री देउवाबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले बताए।

यस्तै, प्रधानमन्त्री देउवाले हालै सम्पन्न कोप २६ मा घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि लुले अमेरिकाले आर्थिक र प्राविधिक रूपमा सहयोग गर्ने विश्वास दिलाएको उनले बताए।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्