Kathmandu Press

पाँचौ पटक सर्‍यो राप्रपा महाधिवेशन, अब मंसिर १५–१७ काठमाडौंमा हुने

काठमाडौं, मंसिर २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन पुनः सरेको छ ।यसअघि चौथो पटकसम्म सरेको पार्टीको महाधिवेशन तयारी नपुगेको भन्दै पुनः...
पाँचौ पटक सर्‍यो राप्रपा महाधिवेशन, अब मंसिर १५–१७ काठमाडौंमा हुने

काठमाडौं, मंसिर २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन पुनः सरेको छ ।

यसअघि चौथो पटकसम्म सरेको पार्टीको महाधिवेशन तयारी नपुगेको भन्दै पुनः सारिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले काठमाडौं प्रेसलाई बताए । उनका अनुसार अब मंसिर १५, १६ र १७ गते काठमाडौंमा महाधिवेशन हुने छ ।

यसअघि ११ देखि १३ मंसिरमा केन्द्रीय महाधिवेशनको मिति तय भएको थियो । यस्तै, पार्टी महाधिवेशनका लागि प्रतिनिधिहरूको निर्वाचनको मिति पनि सरेको छ । भोलि अर्थात् ३ देखि ५ गतेसम्म तय गरिएको निर्वाचन मिति सरेको हो ।

अब प्रतिनिधिहरूको निर्वाचन मंसिर ६ देखि ८ गते सम्म हुनेछ । केन्द्रीय महाधिवेशन आउन ९ दिन बाँकी रहँदा राष्ट्रिय महाधिवेशन मिति पुनः सरेसँगै अब भने महाधिवेशन नसर्ने श्रेष्ठले बताए । 

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्