प्रदेश १ मा ४७ जनामा कोरोना सङ्क्रमण

विराटनगर, मंसिर २ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७ जनामा कोरोना सङ्क्रमण भएको छ। कूल ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा सात, उदयपुर, तेह्रथुम र पाँचथरमा एक/एक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै १९ महिलासहित ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको बताइएको छ।
प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












