Kathmandu Press

हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ

हत्यामा संलग्न ४ जना फरार अभियुक्तहरू पक्राउ

मोरङ, मंसिर २ : बुढीगंगा गाउँपालिका ६ का २६ वर्षीय रिजन दाहालको हत्यामा संलग्न चार जनालाई प्रहरीले फत्राउ गरेको छ। धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका ६ का २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोर रहेका छन्। 

गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उक्त घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्