Kathmandu Press

नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको सेयरमा सर्किट

काठमाडौं, मंसिर २ : बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो...
नेप्से परिसूचक पुनः घट्यो, दुई कम्पनीको सेयरमा सर्किट

काठमाडौं, मंसिर २ : बुधबार उच्च अङ्कले बढेर दुई हजार ८०० भन्दामाथि पुगेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ३२.३९ अङ्कले घटेर दुई हजार ७६९.१३ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४३ अङ्कले घटेर ५२२ मा ओर्लेको छ। नेप्से ओरालो लागे पनि कारोबार रकम आज भने रु छ अर्ब नाघेको छ। कूल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर रु छ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० मूल्यमा खरिद बिक्री भए। बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ९४ अर्ब ७२ करोड ७८ लाख ५८ हजार ८९ बराबर भएको छ।

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर ओरालो लागेको छ। त्यसमा बैंकिङ २२.०६, व्यापार ६९.५४, होटल तथा पर्यटन ३९.१६, विकास बैंक १११.६१, जलविद्युत् ९०.९६, वित्त २७.५७, निर्जीवन बीमा ७६.२८, लघुवित्त ८.२७, जीवन बीमा २२८.०७, सामूहिक लगानी कोष ०.०६ र लगानी १.५ अङ्ले घटेको छ। त्यस्तै अन्य उपसमूह २६।४२ अङ्कले उकालो लागेको छ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ६० करोड ४४ लाख ५५ हजार ४१२ बराबरको कारोबार भयो। यस्तै महालक्ष्मी विकास बैंक रु. ५७ करोड २८ लाख ५० हजार ३५८, माथिल्लो तामाकोशी रु ३९ करोड ५० लाख ३३ हजार १७५, नेशनल हाइड्रोपावर रु १९ करोड २६ लाख ३४ हजार ९१७ र छिमेक लघुवित्तको रु १७ करोड २९ लाख २५ हजार ७७१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायण्ी डेभलपमेन्ट बैंक ६.५२, फस्ट माइक्रोफाइनान्स ६.४९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ३।५१ प्रतिशतले कमाए।

उता, मैलुङ खोला जलविद्युत् कम्पनी ५.०३, शिव श्री हाइड्रोपावर ४.५२, माउण्टेन इनर्जी नेपाल ४.४९, हिमालयन पावर पार्टनर ४.४७ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्