Kathmandu Press

अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकु मारिए

काबुल, मंसिर २ : अफगान सुरक्षा बलले काबुल सहरमा इस्लामिक स्टेट (आइएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले...
अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकु मारिए

काबुल, मंसिर २ : अफगान सुरक्षा बलले काबुल सहरमा इस्लामिक स्टेट (आइएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन्।

‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई-ए-शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्,’ इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन्।

बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशती बर्ची क्षेत्रमा भएको दुईवटा बम विष्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित छ जना घाइते भएका थिए।

काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ । कट्टरपन्थी आइएसले बुधबार भएको दुईवटा विष्फोटको जिम्मेवारी लिएको बताइएको छ।

प्रकाशित मिति: १८:०२ बजे, बिहीबार, मंसिर २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्