महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनकाे प्रयास भए पनि प्रतिस्पर्धाको ढोका बन्द हुन्न : बादल
काठमाडौं, मंसिर २ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ ले सर्वसम्मत नेतृत्वका लागि प्रयास हुने भए पनि प्रतिस्पर्धाको...
काठमाडौं, मंसिर २ : एमालेको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ ले सर्वसम्मत नेतृत्वका लागि प्रयास हुने भए पनि प्रतिस्पर्धाको ढोका बन्द नहुने बताएका छन्।
आसन्न महाधिवेशनलाई लक्षित गरेर एमालेको आधिकारिक फेसबुकबाट थालिएको कार्यक्रममा बोल्दै बादलले अहिले विशिष्ट परिस्थितिका कारण सहमतिमै जानु उपयुक्त हुने भएकाले पहिलो प्रयास सर्वसम्मत ढंगले नेतृत्व चयनकै लागि हुने तर प्रतिस्पर्धाको ढोका हामीले बन्द नगरिने बताए। उनले भने, ‘प्रतिस्पर्धाको ढोका हामीले बन्द गर्दैनौं। दुवै विधिका निम्ति तयारी भइरहेको छ।’
बन्दसत्रमा राजनीतिक छलफल नहुने, पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन बन्दसत्रको उद्घाटन गर्ने र त्यसपछि सिधै मनोनयनको प्रक्रिया सुरु हुने उनले जानकारी दिए। उनले मंसिर १२ गते बिहानैदेखि मतदानको प्रक्रिया सुरु हुने र त्यसका लागि सयवटा मेसिन व्यवस्था गर्ने योजना रहेको जानकारी दिए।
सुरुमा केन्द्रीय कमिटीबाट मनोनीत हुने ५ प्रतिशत प्रतिनिधिको छनोट सकिएलगत्तै नयाँ नेतृत्वबारे छलफल सुरु हुने उनको भनाइ थियो। केन्द्रीय समिति निर्माणमा पनि स्थानीय तहका कमिटी निर्माण गर्दाकै विधि अपनाउने पार्टीको निर्णय रहेका बादलले बताए।
अहिलेको एमाले एकताको निरन्तरता भएको उनले बताए। अबको केन्द्रीय कमिटी पनि त्यसैअनुसार निर्माण हुने जिकिर उनले गरे। ‘सैद्धान्तिक र राजनीतिक रुपमा छलफल चलिरहे पनि ठोस रुपमा छलफल हुन बाँकी छ,’ उनले भने।
उनले महाधिवेशनलाई सफल बनाउन १२ वटा समिति बनाएको र ५ लाखभन्दा बढी सर्वसाधारण उद्घाटन समारोहमा उपस्थित हुने दाबी उनले गरे।









-1788524800.jpg)

