प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे संसदमा छलफल हुनुपर्छ : नेता सिंह
काठमाडौं, मंसिर २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिन हुनुपर्ने र त्यसका लागि संसद अधिवेशन बोलाउनुपर्नेमा जोड...
काठमाडौं, मंसिर २ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिन हुनुपर्ने र त्यसका लागि संसद अधिवेशन बोलाउनुपर्नेमा जोड दिएका छन्।
आज सम्पादकहरुसँगको छलफलमा नेता सिंहले प्रधाानन्यायाधीश जबरामाथि लागेको आरोपबारे संसदमा छानबिन गर्दा उपयुक्त हुने बताएका हुन्।
जबरामाथि सरकारमा भाग खोजेको, भ्रष्टाचार गरेको, न्यायपालिकामा अनियमितता रोक्न नसकेको आरोप लाग्दै आएको छ।
उनले सर्वोच्च अदालतमा देखिएको समस्याबारे सरकारले मौन बस्न नहुने पनि उनले बताए।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनरत छ। सर्वोच्चकै न्यायाधीशहरुसमेत जबराले राजीनामा दिनुपर्ने भन्दै इजलास बहिस्कारमा उत्रिएका छन्।
प्रकाशित मिति: १७:३० बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

