सर्वोच्चमा गोलाप्रथा लागू हुने, न्यायाधीश इजलासमा फर्कन तयार, बारले भने आन्दोलन थप चर्काउने
सर्वोच्च स्रोतका अनुसार १९ जना न्यायाधीश सहभागी फुल कोर्ट बैठकमा प्रधान्यायाधीश राणा भने सहभागी थिएनन्।
काठमाडौं, मंसिर २ : सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तय गर्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय लिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै इजलास बहिष्कारमा संलग्न रहेका न्यायाधीशहरु बिहानैदेखि फुल कोर्ट बैठकमा जुटेका थिए।
सर्वोच्च स्रोतका अनुसार १९ जना न्यायाधीश सहभागी फुल कोर्ट बैठकमा प्रधान्यायाधीश राणा भने सहभागी थिएनन्। ‘सर्वोच्चका बैठकले सर्वोच्चको नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय भएको छ,’ स्रोतले काठमाडौं प्रेससँग भन्यो। फुलकोर्टको उक्त निर्णय मुख्य रजिस्ट्रारमार्फत प्रधानन्यायाधीश राणालाई पठाउने तयारी भएको छ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु गोला प्रथामार्फत मुद्दा हेर्न तयार भएका छन्। सम्भवतः शुक्रबारदेखि नै न्यायाधीशहरु इजलासमा फर्कनेछन्। यता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीश राणाको राजिनामा नआएसम्म आन्दोलन चर्काउने भएको छ।
बिहीबार प्रहरीले आन्दोलनकारी बार अध्यक्ष चण्डेश्वस श्रेष्ठसहितका कानुनव्यवसायीमाथि लाठी हानेपछि बार क्रुद्ध बनेको छ।









-1788524800.jpg)

