Kathmandu Press

सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता

नयाँदिल्ली, मंसिर २ : भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ।गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता...
सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता

नयाँदिल्ली, मंसिर २ : भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ।

गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो। दुई देशबीच कतिपय सिमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ। दुई देशबीच देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ।

कडोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहनाले तत्काल द्वन्द्व समाधान  हुन नसक्नेतिर सङ्केत गरेको छ।

भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका लागि कार्य संयन्त्र (डब्लुएमसिसी) अन्तर्गत आज २३औं चरणको भारत–चीन सीमा वार्ता हुँदैछ। भारत र चीनबीचको अन्तिम सम्पर्क यस वर्ष अक्टोबरमा कोर्प्स कमाण्डर स्तरमा भएको सैन्य वार्ता थियो। त्यो १३औं चरणको वार्ता थियो।

प्रकाशित मिति: १६:३० बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्