Kathmandu Press

काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५...
काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,६२८ रहेको छ।

तीमध्ये काठमाडौंमा ५८५, भक्तपुरमा ४७५ र ललितपुरमा ५६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्